पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको आज भर्चुअल माध्यमबाट विमोचन गर्दै उनले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताए ।
उनले सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको आरोप लगाए । उनले भने, “अब बन्ने नयाँ सरकारले विगतका सरकारका कमजोरीलाई सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।” सरकारकै कारण कोभिड नियन्त्रण बाहिर जान लागेको उनको आरोप थियो ।
चितवनबाट प्रकाशित भएको यो म्यागाजिनले चितवन आधार क्षेत्र बनाएर सम्पूर्ण क्षेत्रको विषय उठान गरे पनि यसले समग्र देशकै प्रतिनिधित्व गरेको उनको भनाइ थियो । उनले भने, “चितवन आधार क्षेत्र बनाएर देशकै अर्थतन्त्रलाई प्रतिनिधित्व गरी कोभिडलाई जोडेर तयार पारेकाछन् । यो प्रयास प्रशंसनीय र सह्रानीय छ ।”
प्रतिक्रिया