तेस्रो घण्टामा नेप्से ३३.११ अंकले उकालो लाग्यो, कारोबार रकम ४ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ३३.११ अंकले बढेर २६७८.९५ विन्दुमा पुगेको छ । 

तीन घण्टाको अवधीमा कारोबारमा आएका २१५ ओटा कम्पनीको रू. ३ अर्ब ८३ करोड ३१ लाख ३२ हजार बराबरको शेयर कारोबार भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक घटेको भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। ६३ करोड ८६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। १ हजार ५८० मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू। १ हजार ५६४ मा रू। १३ करोड २० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया