काठमाडौं, अपि पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले २९५ हकप्रद निष्कासन प्रयोजनको लागि कम्पनीले भोलि (बुधबार) बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउनेछन् । कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि, कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता ९४७५० हकप्रद सेयर बिक्री गरेको थियो ।
प्रतिक्रिया