काठमाडौं, एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले वैशाख २२ गतेबाट कम्पनीको ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम ४०८ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
प्रतिक्रिया