उपत्यकामा निषेधाज्ञा सीडीओको बैठक जारी

५ बर्ष अगाडि

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु ९सीडीओ०को बैठक जारी छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जारी बैठकले उपत्यकामा जारी निषेधाज्ञा थप्नेबारे निर्णय गर्ने बताइएको छ ।

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी छन् । कोरोना संक्रमणका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला बैठकमा सहभागी भएका छैनन् ।

उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्नेबारे छलफल भएको छ । गृहमन्त्रालयका सचिवसँग पनि छलफल गरेर निषेधाज्ञाबारे निर्णय गरिने बताइएको छ । वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा पहिलोपटक वैशाख २९ सम्म थपिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया