पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोना मुक्त भएका छन्। कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत खनाल स्वस्थ भई आज डिस्चार्ज हुँदैछन् ।
बैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भएको र २ दिनअघि स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । चिकित्सकहरुको सल्लाहअनुसार खनाल आज डिस्चार्ज हुँदैछन् ।
नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरु डा। जेपी जैसवाल र डा। बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो ।
यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ ।
अस्पतालले विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ ।
‘विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाप्रति क्षमा प्रार्थी छौ,’ अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ ।
प्रतिक्रिया