महामन्त्री सिंहलाई कोरोना संक्रमण

५ बर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह कोभिड–१९ (कोरोनाभाइरस) बाट सङ्क्रमित  भएका छन् । 

उनको होम आइसोलेसनमा प्रतिनिधिसभा सदस्य समेत रहेकी पत्नी दुर्गा पौडेललगायत परिवारका अन्य सदस्यहरूको प्रत्यक्ष रेखदेखमा उपचार भइरहेको  बताइएको छ । 

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले उनको स्वास्थ्य लाभको कामना गरेका छन् । 


‘उहाँको  स्वास्थ्यमा सुधार हुँदै जानेछ भन्ने विश्वासका साथ हामीले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ’, केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया