केही सातायता अवरुद्ध बनेको कोरोना भाइरस बिरुद्धको खोप अभियान पुनः सञ्चालनमा आउने भएको छ । जेठ २ गतेदेखि खोप अभियान फेरि सञ्चालन गरिने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुखले बताएका हुन्।
जेठ २ गतेदेखि चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरीने खोप शाखाका प्रमुख झलक गौतमले बताएका छन् । उक्त चिनियाँ खोप चैतको तेस्रो सातादेखि रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाण्डू, ललितपुर र भक्तपुर जिल्लामा वितरण गरिएका थिए। यिनै जिल्लामा पहिलो मात्रा लगाएका २ लाख ८८ हजार मानिसलाई अब दोस्रो मात्रा लगाइने बीबीसीले जनाएको छ ।
चीनले ८ लाख मात्राको भेरोसेल खोप नेपाललाई अनुदानमा दिएको थियो। उक्त खोपलाई अघिल्लो साता विश्व स्वास्थ्य सङ्गठनले पनि आपत्कालीन प्रयोगको अनुमति दिएको छ।
अब खोप लगाउने बेलामा भिडभाड नहोस् भन्ने हेतुले केन्द्रहरूको सङ्ख्या बढाइने, दैनिक कोटा तोकिने अनि स्थानीय जनप्रतिनिधि तथा स्वयंसेवकहरूको सहयोग लिइने गौतमले बताएका छन्।
भारत सरकारबाट अनुदानमा आएको १० लाख, सिरम इन्स्टिच्यूटसँग किनेको १० लाख र खोपसम्बन्धी विश्वव्यापी अभियान ुकोभ्याक्सुबाट उपलब्ध भएको तीन लाख ४८ हजार गरी अहिलेसम्म झन्डै साढे २३ लाख कोभिशील्ड खोप नेपाल भित्रिएको छ। भारतीय सेनाले नेपाली सेनालाई छुट्टै १ लाख मात्रा कोभिशील्ड खोप पनि दिएको छ।
तीमध्ये करिब पाँच लाखले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् भने अधिकांशले एक मात्रा मात्र लगाएका छन्।
वैशाख १६ गतेदेखि लकडाउन लागु भएपश्चात् खोप अभियान स्थगित भएको थियो। खोप केन्द्रहरूमा अचाक्ली भिड बढेपछि खोप अभियान स्थगीत गरएको थियो।
प्रतिक्रिया