एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं, एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने  आज (मंगलबार) अन्तिम दिन रहेको छ । 

इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  कम्पनीले जेठ १० गते बस्ने वार्षिक साधारण सभामा ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरेको छ । 

 बुधबार  बुक क्लोज हुने भएकाले मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश सुरक्षित गर्न सक्नेछन् । 
 
इन्स्योरेन्सले २६औं वार्षिक साधारण सभा  कम्पनीको प्रधान कार्यालय हात्तिसार, काठमाडौंमा दिउसो २ बजेदेखि भिडियो कन्फरेन्समार्फत सुरु हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । साथै, आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया