काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा २ हजार ७७५, भक्तपुरमा ३२७ र ललितपुरमा ५०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
हाल देशभर ९३ हजार १४१ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार ७ जना डिस्चार्ज भएका छन्।
प्रतिक्रिया