युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालसहित चार देशलाई प्रवेश गर्न रोक लगाएको छ ।
यूएईले नेपाल ,श्रीलंका, पाकिस्तान र बाङ्लादेशबाट जाने यात्रुलाई प्रवेश नदिने भएको हो ।
यी देशहरूमा कोभिड–१९ को महामारी विस्तार भएसँगै यूएईको राष्ट्रिय आपत्कालीन संकट तथा प्रकोप व्यवस्थापन प्राधिकरणले सोमबार यस्तो घोषणा गर्दै आगामी बुधबारबाट प्रवेश नदिने भएको हो ।
यी देशका नागरिकले यूएई हुँदै ट्रान्जिट गर्न समेत पाउनेछैनन्। तर, यी देशहरू मार्फत यूएई हुँदै हुने ट्रान्जिट उडानहरूमा भने छूट दिइनेछ।
यूएईले गत महीनादेखि नै भारतीय यात्रुलाई प्रवेश अनुमति दिन रोकिसकेको छ। यसअघि, बेलायतले पनि नेपालीलाई प्रवेश अनुमति नदिने घोषणा गरेको थियो।
प्रतिक्रिया