काठमाडौं, स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार प्रहरीले बर्दियाको राजापुर नगरपालिका–४ सत्तीघाटबाट कैलाली टिकापुरका २९ वर्षीय गोपाल चौधरीलाई पक्राउ गरेको हो ।
कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
साथै उनको साथबाट १ थान ल्यापटप, १ थान मोबाईल र थान सिमकार्ड समेत प्रहरीले बरामद गरिएको छ ।
प्रतिक्रिया