काठमाडौं, साताको दोस्रो दिन (सोमबार) नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ ।
कारोबारको अन्तिम समयसम्म आउँदा २७.४१ अंक बढेर २६४५.८४ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका २१८ कम्पनीको करोड ७५ लाख ७९ हजार ३ कित्ता शेयर ५१ हजार २३५ पटक खरिदबिक्री हुदाँ ४ अर्ब २० करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार कारोबारमा आएका सबै उपसमूहका परिसूचक बढेका छन्।
यस दिन कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन करिब २७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
यस्तै, अपर तामाकोशीले १९ करोड ७० लाख रुपैंया बराबरको शेयर कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया