सुनचाँदी पसलका सञ्चालकद्वारा तीन सय बढी ठगिए, १२ करोड लिएर फरार

५ बर्ष अगाडि

मोरङ - उर्लाबारीका तीन सयभन्दा बढीलाई आकर्षक ब्याज दिने प्रलोभनमा पारेर १२ करोड लिएर सुनचाँदी पसलका सञ्चालक फरार भएका छन् । उर्लाबारी नगरपालिका ६ डिबीमार्गस्थित गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भन्ने गोपाल गौतमले फरार भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

गौतमले सयकडा २ रुपैयाँ ब्याज दिने सर्तमा सेवाग्राहीसँग रुपैयाँ लिएर पासबुक दिँदै आएका थिए । उनले १ लाखदेखि २० लाख रुपैयाँ ब्याजमा लिएर फरार भएको उजुरी आएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी मोरङले जनाएको छ । 

रकम लिएर गौतम फरार भएपछि गौतम पीडित पहल समूह गठन गरेर पीडितहरूले पैसा फिर्ता गराउन संघर्ष गरिरहेका छन् । साथै गौतमको र उनकी पत्नीको नाममा ५२ कित्ता जग्गा पत्ता लगाएर पीडितहरूले मालपोत कार्यालयमा रोक्का गर्न लगाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया