काठमाडौं - नेकपा एमालेका नेता योगेश भट्टराईले आफूहरू पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता विष्णु पौडेलसँगको भेटवार्तापछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
नेता भट्टराईले अन्तिम समयसम्म पनि सहमति र एकताका लागि प्रयास गरिरहने बताए । उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने आफूहरुको आज विहानको निर्णय भने यथावत रहेको पनि बताए ।
उनले भने,‘हाम्रो निर्णय भइसकेको छ । अन्तिमसम्म पार्टी एकता जोगाउन जोगाउन प्रयास गर्छौं । छलफल सकारात्मक छ ।’
प्रतिक्रिया