काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टामा दोहोरो अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएको २ घण्टामा नेप्से परिसुचक १७.२९ अंकले उकालो लाग्दै २६३५.७२ को बिन्दुमा पुगेको छ ।
यस्तै, सोही अवधीसम्म सेन्सेटिभ परिसुचक २.२४ अंकले बढेर ४७३.०१ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म कारोबारका सबै उपसमुहमध्ये होटल समुह र म्युच्अल फण्ड ओरालो लागेका छन भने बाकी उपसमुह उकालो लागेका छन ।
एक बजेसम्म कारोबारमा आएका २१० कम्पनीको २७ लाख १२ हजार १७ कित्ता शेयर २१ हजार ८९६ पटक किन बेच हुदाँ १ अर्ब ६७ करोड रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया