काठमाडौं - नेकपा एमालेको आन्तरिक किचलोले नयाँ मोड लिइरहँदा खनाल–नेपाल समूहका नेताहरु पनि टुक्रिने सम्भावना बढेको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिउँसो १ बजे विश्वासको मत लिँदै गर्दा खनाल–नेपाल समूहले पार्टीको ह्वीप पनि नमान्ने, संसदमा पनि नजाने र राजीनामा पनि नदिने निर्णय गरेको थियो ।
२१ जना प्रत्यक्षतर्फका सांसदहरुले सिंहदरबारस्थित एमालेको संसदीय दलको बैठकमा निर्णय भए पनि त्यस लगत्तै पाँच जना सांसदहरुले भने ओलीलाई मत हाल्ने योजनाका साथ छुट्टै छलफलमा जुटेका छन् ।
बिहान सिंहदरबारमा बसेको सांसदहरूको छलफलबाट संसद् बैठकमा पनि नजाने र राजीनामा पनि नदिने निर्णय गरेपछि दोस्रो पुस्ताका नेताहरू फेरि अलग्गै छलफलमा जुटेका हुन् ।
सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडीलगायतका नेता अहिले अलग्गै छलफल गरिरहेका छन् ।
प्रतिक्रिया