बंगलादेशले पनि लगायो नेपाललाई प्रतिबन्ध

५ बर्ष अगाडि

काठमाडौं - नेपालमा कोरोना संक्रमण भयावह बन्दै गएको भन्दै बंगलादेशले पनि नेपालसँग हुने उडानलाई रोक लगाएको छ ।

बंगलादेशको उड्डयन प्राधिकरणले आइतबार उक्त निर्णय गरेको हो । ‘कोरोनाभाइरस फैलने जोखिमलाई रोक्नका लागि नेपालसँग हुने उडानलाई अहिलेका लागि स्थगित गरेको बताइएको छ । 

आजदेखि अर्को सूचना जारी नभएसम्म नेपालसँगको उडानलाई रोक लगाउने निर्णय भएको जनाइएको छ । बंगलादेशले जोखिमको आधारमा ए,बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल एमा छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया