ताप्लेजुङमा लम्बियो निषेधाज्ञा, पाँचथरमा सोमबार राति १२ बजेबाट लागू

५ बर्ष अगाडि

ताप्लेजुङ - कोरोना सङ्क्रमणको नियन्त्रणका लागि वैशाख २० देखि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले थप एक साता निषेधाज्ञा बढाएको छ । वैशाख २७ गते रातिदेखि जेठ ३ गते राति १२ बजेसम्मलाई निषेधाज्ञा लम्ब्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेद्वारा जारी आदेशमा अत्यावश्यकबाहेकका सेवामा रोक लगाइएको छ । ताप्लेजुङमा सोमबार सम्म १ सय ४५ र पाँचथरमा ३७ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि पाँचथरमा पनि  निषेधाज्ञा जारी हुने भएको छ । सोमबार राति १२ बजेदेखि जेठ ३ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी हुने भएको हो । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया