ब्राउन सुगरसहित ११ जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं– जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञाकै बीचमा लागुऔषधका सात घटनामा ब्राउन सुगरसहित ११ जनालाई पक्राउ गरेको छ । 

नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा खटिएको सुर्खेत प्रहरीले १३.५ ग्राम लागुऔषधसहित अभियुक्तलाई पक्राउ गरेको हो । लागुऔषधमा संलग्न पाँच जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी  रामप्रसाद घर्तीले जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया