नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआरबाट ८ हजार ७सय ७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुर ५०४ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ८८ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप २६ जनाको तथ्यांक प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा ४ हजार २२ जना कोरोनामुक्त भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख २ हजार ७८७ पुगेको छ।
प्रतिक्रिया