आइतबार दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम ६ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो दिन (आइतबार) नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । 

कारोबारको अन्तिम समयसम्म आउँदा १८.५६ अंक घटेर २६१८.५६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

अन्तिम समयसम्म कारोबारमा आएका २१९ कम्पनीको  करोड २७ लाख २८ हजार कित्ता शेयर ७५ हजार ४६ पटक खरिदबिक्री हुदाँ ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन समता घरेलु लघुवित्त र रुरु जलविद्युत परियोजनाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। समता घरेलु लघुवित्तको शेयरमूल्य यस दिन ७३ रुपैयाँ बढेर ८०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने रुरु जलविद्युत परियोजनाको ४९ रुपैयाँ बढेर ५४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

बिहीबार कारोबारमा आएका सबै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये व्यापार, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन कारोबार रकमका आधारमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन करिब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन कुमारी बैंकको २८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया