तेस्रो घण्टा : ९.५६ अंकले घटेर २६२७.५६ विन्दुमा नेप्से, कारोबार रकम कति ?

५ बर्ष अगाडि

काठमाडौं,कारोबारको पहिलो दिन ( आइतवार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ९.५६ अंकले घटेर २६२७.५६ विन्दुमा पुगेको छ । 

कारोबारमा आएकृ २१४ ओटा कम्पनीको रू. ४ अर्ब २३ करोड ८ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ र विकास बैंक समूहको परिसूचक शून्य दशमलव २५ र शून्य दशमलव २१ प्रतिशतले बढेको छ भने बाँकी व्यापार, होटल्स तथा पर्यटन, जलविद्युत्, वित्त,  उत्पादन तथा प्रशोधन निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ । 

यस अवधिसम्म कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २५ करोड ५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३२१ मा कारोबार भइरहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया