कारोबारको दोस्रो घण्टा : ओरालो यात्रामै नेप्से, कुमारी र्बैंकको सार्वधिक कारोबार

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतवार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३.१० अंकले घटेर २६३४.०२ विन्दुमा पुगेको छ । 

२ घण्टाको अवधीमा कारोबारमा आएका २०६ ओटा कम्पनीको रू. २ अर्ब ९१ करोड ५२ लाख ६४ हजार बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिसम्म कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू.२३ करोड ८४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३२३ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, विकास बैंक र लगानी समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, होटल्स तथा पर्यटन, जलविद्युत्, वित्त,  उत्पादन तथा प्रशोधन निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया