काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा थप दुई साता लम्बिन सक्ने सम्भावना बढेर गएको छ ।कोरोना सङ्क्रमणको अवस्था नियन्त्रणमा आइ नसकेकाले निषेधाज्ञा लम्बिन सक्ने सम्भावना बढेको हो ।
यसका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिने जनाइएको छ । संक्रमण र मृत्युको दर बढ्दै गएकाले अस्पतालले थेग्न नसक्ने चिन्ता समेत बढेको बताइएको छ । शनिबार भने पछिल्ला दुई दिनयताको भन्दा सङ्क्रमितको संख्या कम आएको थियो ।
तर, एकै दिनको दरले सबै कुरा निर्धारण गर्न नसकिने विज्ञहरूले बताउँदै आएका छन् । यता, सुरक्षा निकायले समेत उपत्यकामा अझै दुई साता निषेधाज्ञा जारी राख्नुपर्ने बताउँदै आएका छन् । निषेधाज्ञाका कारण मानिसको गतिविधि घटेकाले अझै दुई साता निषेधाज्ञा लम्ब्याए अवस्था केही सहज हुने उनीहरूको बुझाइ छ ।
अहिले पसल बिहान ९ बजेसम्म मात्रै खोल्न दिइएको छ । बेलुका पूर्ण रुपमा बन्द छन् । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाइ गरिएको छ । काठमाडौंमा निषेधाज्ञाको पालना नगर्नेहरु माथि आर्थिक जरिवाना सुरु गरिएको छ ।
पहिलो चरणको निषेधाज्ञा २२ गते राति १२ बजे सकिएको थियो भने दोस्रो चरणको निषेधाज्ञा २९ गते राति सकिँदै छ ।
प्रतिक्रिया