खनाल–नेपाल पक्षको निष्कर्ष: 'ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा दिदा उपयुक्त हुने'

४ बर्ष अगाडि

सांसद पदबाट सामूहिक राजीनामा दिनेबारे छलफल गर्न नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहको बैठक बस्दै छ । 

आइतबार मध्यान्हतिर भर्चुअल माध्यमबाट बैठक गरेर एउटा निर्णयमा पुगिने खनाल नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । त्यसका लागि नेताहरु अहिले आन्तरिक तयारीमा रहेको उनको भनाइ छ छ । 

उनले भनिन् ुअहिले नेताहरु आन्तरिक तयारीमा हुनुहुन्छ । १२ बजेतिर छलफल हुन्छ । यस्तो बेला छ छलफल भर्चुअल माध्यम मै गर्ने कुरा छ ।ु नेताहरुले वर्तमान परिस्थितिबारे छलफलमा बिफ्रिङ गरेपछि कसरी जाने भनेर एउटा निर्णयमा पुग्ने शाक्यले बताइन् ।

अब त निर्णय गर्नै पर्छ नि । अनिर्णयको बन्दी भएर बस्नु हुँदैन । शनिबार भएको छलफलमा केपी ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा गर्दा उपयुक्त हुने  खनाल नेपाल पक्षले निष्कर्ष निकालेको छ  ।

वैशाख २७ गते विश्वासको मत दिने बेलामा फ्लोर क्रस गर्नु अनुशासन विपरीत हुने भएकाले त्यस अगावै सांसद पदबाट राजीनामा दिने उक्त समुहको तयारी छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया