जापानद्वारा नेपालसहित दक्षिण एशियाका दुई मुलुकका यात्रुलाई कडाई

५ बर्ष अगाडि

काठमाडौं - जापानले नेपालसहित दक्षिण एशियाका थप दुई मुलुकका यात्रुलाई कडाइ गर्ने भएको छ । जापनले नेपालसहति भारत र पाकिस्तानबाट जापान जाने यात्रु अनिवार्यरुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको हो । 

पछिल्लो समय भारत, नेपाल र पाकिस्तान कोरोनाको दोस्रो लहर बढेको छ । जापानले शुक्रबार घोषणा गरेको नयाँ नियम सोमबार अर्थात भोलिदेखि लागू हुने बताइएको छ । 

यसअघि गत बिहीबार मलेसियाले नेपालसहित भारत, पाकिस्तान र बंगलादेशका नागरिकका लागि यात्रा प्रतिबन्धको घोषणा गरेको थियो । मलेसियाले भियना कन्भेन्सन अन्तर्गत कुटनैतिक भ्रमणका व्यक्तिहरूलाई भने प्रतिबन्ध नलाग्ने जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया