काठमाडौं - पाँच रुपैया जरिवाना नतिरी फरार रहेका दुई जनालाई पक्राउ परेका छन् । उनीहरुलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।
सर्वोच्च अदालतको २०६९ साल पुष २६ गतेको जालसाजी मुद्धाको फैसलाअनुसार तोकिएको ५ रुपैया जरिवाना नतिरि उनीहरु फरार रहेका थिए ।
दुईजनालाई पक्राउ गरी बर्दिया जिल्ल अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । अदालतको फैसला आदेशअनुसारको थोरै जरिवाना रकमसमेत नतिरी फरार रहेकालाई अदालतमा बुझाएको बताइएको छ ।
रुपन्देही अदालतको मिति २०७० साल असार ४ गतेको फैसला आदेशले सम्बन्ध विच्छेद मुद्धामा १ सय २५ रुपैयाँ जरिवाना तोकिएका १ जना व्यक्ति पक्राउ परेका छन् ।
प्रतिक्रिया