घरमै पुगेर बिरामीको परीक्षण गर्दै क्लोथ बैङ्क

५ बर्ष अगाडि

जनकपुरधाममा ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएपछि क्लोथ बैङ्क जनकपुरधामले घरघरमै परीक्षण कार्य शुरू गरेको छ । सोका लागि बैङ्कद्वारा बिरामीको घरमै पुगेर परीक्षण गर्नका लागि  एक जना सहायक चिकित्सक परिचालन गरिएको जनाइएको छ । 

बैङ्कका अध्यक्ष राजीव झाका अनुसार सहायक चिकित्सकले घरमै गई अक्सिजन लेवल , ज्वरो जाँच्नुका साथै आवश्यक परे अक्सिजन जडानसमेत गर्नेछन् । सो बैङ्कद्वारा सञ्चालित होम आइसोलेसन तथा अक्सिजन बैङ्कको अभियानमा कोरोनाबाट सङ्क्रमण भएकाको सङ्ख्या ५०  पुगेको छ भने बैङ्कले २७ जना बिरामीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया