काठमाडौं - कोरोना संक्रमण थप फैलिएपछि जापानका विभिन्न क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।
जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्ध मे महिनाको अन्त्यसम्म लागू हुने निर्णय गरेको छ । टोकियो ओलम्पिक हुन तीन महिना बाँकी रहँदा देशका विभिन्न क्षेत्रमा आपतकाल लागू गरिएको हो ।
यो अवस्थाले तोकिएको समयमा टोकियो ओलम्पिक हुने नहुने अझ बढी शंका उत्पन्न गराएको छ । प्रधानमन्त्री योशीहिडे सुगाले आज आइची र फुकुओकामा पनि आपतकालीन अवस्था लागू गरिएको बताएका छन् ।
जापानका प्रमुख शहरहरूमा कोरोना संक्रमणको दर उच्च रहेको छ भने अस्पतालहरूमा बिरामीहरूको चाप बढेको छ ।
प्रतिक्रिया