यतिबेला कोरोना भाइरस संक्रमण उच्च जोखिम रहेकाले संसद भवनमा पनि कडा निगरानी राखिने भएको छ । संघीय संसद सचिवालयले गरेको चिकित्सकहरुको छलफलका क्रममा चिकित्सकहरुले बैठकमा सहभागी सांसदहरु आप्mनो सिट बाहेक अन्य सिटमा बस्न नदिने, सामाजिक दूरी कायम गर्ने, यदि सांसदले मास्क नलगाउने वा चिउँडोमा झारेको खण्डमा भित्र पस्न नदिन सुझाव दिएका छन् ।
संघीय संसदका सदस्य, कर्मचारी तथा मर्यादापालकको आवश्यकता अनुसार एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । संघीय संसद सचिवालयले बिहिबार चिकित्सकहरूसँग गरेको छलफलमा उनीहरुले संक्रमणको आशंका लागेमा जुनसुकै समयमा पीसीआर तथा एन्टीजेन परीक्षण गर्न सुझाव दिएका हुन् ।
पहिलो दिन बुधबार गरिएको परीक्षणमा १५ जना सांसद, १५ जना कर्मचारी र ६ जना मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार र शुक्रबार गरिएको स्वाव संकलनको नजिता भने आउन बाँकी रहेको छ ।
प्रतिक्रिया