कोरोनाको दोस्रो लहर : ६१ वटा जिल्लामा निषेधाज्ञा

५ बर्ष अगाडि

काठमाडौं,  देशभित्र कोरोना संक्रमण बढेसँगै  ६१ वटा जिल्लामा निषेधाज्ञा गरिएको छ ।

शुक्रवार बिहान १० बजेसम्म ६१ वटा जिल्लामा निषेधाज्ञा गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ। 
कोरोना संक्रमण फैलिँदै गएपछि अहिले देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ। 

वैशाख १६ गतेपछि धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ। काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा निषेधाज्ञा जारी रहेको छ।

त्यस्तै झापा, इलाम, मोरङ, सुनसरी, बाँके, सुर्खेत,कैलाली, पर्सा, पाल्पा, रुपन्देही, बाग्लुङ्,  सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, गुल्मी, प्युठान, गोरखा, बाजुरा, कालिकोट, रोल्पा लगायत जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ।

कुनै जिल्लामा आंशिक निषेधाज्ञा छ। तर अधिकासं जिल्लाहरुमा पूर्ण निषेधाज्ञा गरिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया