अन्तर्राष्ट्रिय उडान बन्द, नेपाल भारत दुई देशबीच सातामा दुई उडान कायम

५ बर्ष अगाडि

काठमाडौं - आजबाट कोरोना संक्रमणको नियन्त्रणका लागि नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । बिहीबार मध्यरातिदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच ‘एयर बबल’ सम्झौता अनुरुप दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले जनाएको छ ।

नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्ने नेपाली र भारतीय नागरिकलाई सेवा दिने उद्देश्यले नेपाल र भारतबीच गत वर्ष एयर बबल सम्झौता भएको थियो । एक अर्को देशमा रहेका नागरिकहरूको आफ्नो देशमा फर्कन सहज होस् भनेर यो सम्झौता गरिएको हो ।

‘एयर बबल’ सम्झौताअनुसार नेपाल र भारतबाट हुने उडानमा यी दुई देशका नागरिकलेमात्र यात्रा गर्न पाउँछन् । उडान दुवै देशका राष्ट्रिय ध्वजाबाहक विमानबाट मात्र हुने छ ।

 
 

५ बर्ष अगाडि

प्रतिक्रिया