काठमाडैं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।
आज दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै राती देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया