काठमाडौं उपत्यकामा झन्डै ३ हजारमा संक्रमण पुष्टि, ५४ जनाको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९७२ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौं जिल्लामा २ हजार १६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण देखिएको छ। 

यस्तै, सोही अवधीभर देशभर कोरोनाबाट ५४ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या ३५२९ पुगेको छ। 

त्यस्तै,बितेको २४ घण्टामा २ हजार ७०७ जना निको भएका छन्।  अहिलेसम्म २ लाख ९२ हजार ४९० जना कोरोनाबाट निको भएका छन्। 

५ बर्ष अगाडि

प्रतिक्रिया