काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७० संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो।
आज २१ हजार १ सय ४२ को परीक्षण गरिएमा पिसिआर परीक्षण गर्दा ८ हजार ९७० जना र एन्टिजेन परीक्षणबाट १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ।
त्यस्तै २ हजार ७०७ जना निको भएका छन्। योसँगै निको हुनेको दर ७९.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म २ लाख ९२ हजार ४९० जना कोरोनाबाट निको भएका छन्।
प्रतिक्रिया