आइशोलेसन कक्षको सङ्ख्या वृद्धि गर्न आग्रह – मुख्यमन्त्री पौडेल

४ बर्ष अगाडि

काठमाडौं– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका ११९  स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको सङ्ख्या वृद्धि गर्न आग्रह गरेका छन् । 

कोभिड–१९ सङ्क्रमितका बिरामी बढ्दै गएको अवस्थालाई ध्यान दिइ उनले सो आग्रह गरेका हुन हो । प्रदेशका १३  जिल्लाका प्रमुख जिल्ला अधिकारी , जिल्ला समन्वय समितिका प्रमुख र महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखहरुसँग आज टेलिफोन सम्वादमा  मुख्यमन्त्री पौडेलले  प्रदेशका ११९  स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको सङ्ख्या वृद्धि गर्न आह्वान गरेका हुन ।  

स्थानीय तहका प्रत्येक वडावडामा टोल विकास संस्थामार्फत कोरोना सङक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्ने प्रयासको लागि प्रत्यक घरदैलोमा जनचेतना अभियान कार्यक्रम सञ्चालन गर्न उहाँले जोड समेत दिए। 
उनले प्रदेश सरकारले  १३ जिल्ला अस्पताल तथा कोभिड अस्पताललाई आवश्यकीय अक्सिजन, आइसियू कक्ष, भेन्टिलेटर, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयले स्रोतसाधन र चिकित्सकको  उपलब्धगराइसकिएको उल्लेख गरे । 

यसैबीच प्रदेशको काठमाडौैँ, ललितपुर, भक्तपुर, काभ्रे र नुवाकोटको विभिन्न स्थानीय तहका टोलमा आइशोलेसन कक्षको स्थापना गरिएको छ ।  सरकारले ती कक्षहरुलाई आवश्यक अक्सिजन, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले बताए । उनले “कोरोना नियन्त्रणमा सामूहिक प्रयत्नको खाँचो रहेको छ । ”

४ बर्ष अगाडि

प्रतिक्रिया