नेपाल कम्युनिष्ट पार्टी एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा निरौला

४ बर्ष अगाडि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा  दीपक निरौला चयन हुनुभएको छ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेशसभा सदस्यमा निर्वाचित निरौला एमालेको काठमाडौँ जिल्ला कमिटीका सचिवसमेत हुन । 

निरौलालाई मुख्य सचेतकमा मनोनयन गरिएको जानकारी प्रदेशसभा सचिवालयलाई आज दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार निरौलालाई यही वैशाख १७ गते नै मुख्य सचेतकमा मनोनयन गरिएको थियो । निरौलालाई एमाले वाग्मती प्रदेशका संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेको जनाइएको छ । 

एमालेका तत्कालीन मुख्य सचेतक केशवराज पाण्डे प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री भएपछि रिक्त  पदमा निरौलालाई चयन गरिएको प्रदेशसभा सचिवालयलाई दलले बुझाएको पत्रमा उल्लेख छ । पाण्डेअघि हालका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल मुख्य सचेतक थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया