काठमाडौं - कोरोना भाइरसको संक्रमण भएका एक युवकले आत्महत्या गरेका छन् । उनी बैशाख १५ गते भारतबाट नेपाल आएका थिए ।
भारतबाट नेपाल आएका उनले चितवनको माडीस्थित बघौडा अस्पतालमा स्वाब परिक्षण गराएका थिए । बैशाख २२ गते बुधवार आएको सो रिपोर्टले उनमा संक्रमण भएको पुष्टि भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गोविन्द आफ्नै घरको आफू सुत्ने कोठामा नाइलनको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
यसअघि पनि आफूमा कोरोना संक्रमण देखिएको भन्दै मनोवैज्ञानिक रुपमा विक्षिप्त भएका केही संक्रमतिले आत्महत्या जस्तो कठोर निर्णय लिएका छन् ।
कोरोना सर्ने जोखिमका कारण परिवारका सदस्यले संक्रमितसँग तर्किने, झर्किने, समय नदिने, अनावश्यक दूरी बढाउने जस्ता व्यवहार गर्दा संक्रमितमा पर्नसक्ने मनोवैज्ञानिक असर र त्यसले निम्त्याउन सक्ने नोक्सानीप्रति बेलैमा परिवारले सावधानी अपनाउन जरुरी छ ।
प्रतिक्रिया