पहिलो घण्टामा ओरालो लाग्यो नेप्से, जलविद्युत लगानीको सर्वाधिक कारोबार !

५ बर्ष अगाडि

 साताको कारोबारको अन्तिम दिन बिहीवार नेप्से ओरालो लागेको छ । कारोबारको पहिलो घण्टामा नेप्से  घटेर २ हजार ६४१ दशमलव ९४ विन्दुमा पुगेको हो।२ हजार ६५७ दशमलव २० विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव २९ प्रतिशतले घटेको हो ।

पहिलो घण्टाको अवधिमा २०३ ओटा कम्पनीको २१ हजार ७९३ पटकको कारोबारमा ३० लाख ८२ हजार ४०७ कित्ता शेयरको  १ अर्ब ५४ करोड १९ लाख १ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमुह मध्ये वित्त समूहको परिसूचक शून्य दशमलव २८ प्रतिशतले बढेको छ भने बाकी उप समुहहरु घटेका छन् । 

यस अवधिसम्म जलविद्युत लगानी तथा विकास कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको  ८ करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य  ४९२ मा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया