निषेधाज्ञा अवज्ञा गर्नेलाई रसिदका आधारमा जरिवाना तिराउँदै प्रहरी

५ बर्ष अगाडि

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्नेलाई प्रहरीले जरिवाना तिराउन थालेको छ ।
संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय रुपैयाँ जरिवाना लिन थालेको हो । 

निषेधाज्ञालाई प्रभावकारी बनाउन उल्लंघनकर्तालाई जरिवाना गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । 

वैशाख २१ र २२ मा महानगरीय प्रहरी परिसर ललितपुरले ८४ जनालाई जरिवाना गरेको छ । बारम्बार सम्झाउँदा पनि बिनाकाम हिँड्ने, तोकिएको भन्दा धेरै समय पसल खोल्ने र मास्क नलगाउनेलाई जरिवाना गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले  बताइन् ।

बिहिबारबाट जरिवानामा थप कडाई गरिने एसपी बस्नेतले बताए । संक्रामक रोग ऐन–२०२० अनुसार स्थानिय प्रशासनलाई ३ सय सम्म जरिवाना र ६ महिना कैद सजाय गर्ने अधिकार छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया