काठमाडौं - प्रहरीले यात्रुसँग बढि भाडा लिने एक सवारी चालकलाई गोंगबु बसपार्कबाट पक्राउ गरेको छ ।
बुधवार महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले सवारी चालकलाई पक्राउ गरेको हो ।
कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी कडाईका साथ चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले नयाबसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
स्याङ्जा चापकोट ७ घर भई मित्रनगर बस्ने बागलुङ भगवती काउण्टरका कर्मचारी बर्ष ३० को मिलन सारुलाई पक्राउ गरिएको प्रहरी महाशाखाले जनाएको छ ।
काठमाडौं देखि बागलुङसम्म जाने नियमित भाडा नौ सय भएकोमा उनले तीन हजार देखि चार हजारसम्म लिएको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएकोे छ ।
पक्राउ परेका सारुले वैदेशिक रोजगारबाट घर फर्किन लागेका दस जना यात्रुबाट बागलुङसम्म जान बढि भाडा लिएको पाइएको महाशाखाले जानकारी दिएको छ ।
प्रतिक्रिया