उपत्यकामा थप कडा बन्दै निषेधाज्ञा

५ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ ।आजदेखि बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो । 

यस्तै सडकमा खटिएका सुरक्षाकर्मीले निषेधाज्ञाको उल्लंघन गर्ने, अनावश्यक हिँड्डुल गर्नेलाई कारबाही संगै जरिवाना तिराइने भएको छ । उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । 

कोरोना संक्रमण र मृत्यु दरले दैनिक रेकर्ड तोड्न थालेपछि सरकारले आज देखी फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार÷व्यवसाय एवं कवाडी सङ्कलनमा समेत रोक लगाएको छ । 

सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन । 

सरकारले आज देखि निजी सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ  । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेकका अन्य सवारी साधन उपत्यका प्रवेशमा रोक लगाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया