काठमाडौं - जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नेपाल स्टक एक्सजेन्ज (नेप्से)मा समायोजन भएको छ ।
लघुवित्त संस्थाको ४९.४० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३ हजार ६ सय ११ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ हजार ३ सय ९५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । संस्थाको दशौँ वार्षिक साधारण सभा वैशाख ३० गते बिहीबार हुँदैछ ।
प्रतिक्रिया