मध्य भोटेकोशीको आईपिओमा अब स्थानीयले पनि अनलाइनबाट आवेदन दिन सक्ने

५ बर्ष अगाडि

काठमाडौं, मध्य भोटेकोशी जलविद्युत कम्पनीले स्थानीयलाई जारी गरेको आइपीओमा स्थानीयले पनि अनलाइनबाट आवेदन दिन पाउने भएका छन ।  बिक्री प्रबन्धकका अनुसार तोकिएको कागजात संलग्न गरी अनलाइनबाटै सेयर बराबरको रकम भुक्तानी गर्न सकिने बताएको छ ।

मध्य भोटेकोशीले मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । ३

कम्पनीले कुल ६० लाख कित्ता आइपीओमध्ये १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८  का स्थानीयलाई छुट्याइएको छ ।यस्तै, ७०५ ले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याईएको छ । यसमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त समयमा सबै सेयर बिक्री नभएमा जेठ २० गतेसम्म भर्न सक्नेछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सक्नेछन् ।न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइनका साथै, आवेदकले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमान्डू , एनआइसी एसिया बैंक र सन्धु विकास बैंकको सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया