काठमाडौं, कारोबारको चौथो दिन (बुधबार)ं नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक ५.०९ अंकले घटेर २६४९.६० विन्दुमा पुगेर बन्द भएको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका २१८ ओटा कम्पनीले ६ अर्ब २१ करोड ६८ लाख १४ हजार बराबरको शेयर कारोबार गरेका छन । उक्त कम्पनीको १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर ७८ हजार ७७१ पटक खरीदविक्री भएको छ ।
यो दिन प्रभु इन्स्योरेन्स कम्पनीले सार्वधिक शेयर कारोबार गरेको छ । यस कम्पनीको २३ करोड ६९ लाख ६८ हजार बराबरको संस्थापक शेयर कारोबार भएको हो ।
बुधवारको बजारबाट जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक १.७३ प्रतिशत बढेको छ ।
दुई ओटा जलविद्युत् कम्पनी रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य १४ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।
त्यस्तै होटल्स तथा पर्यटन समूहको १.१३ प्रतिशत, अन्यको १.०५ प्रतिशत, बैंकिङ्गको ०.२८ प्रतिशत, विकास बैंकको ०.१२ प्रतिशत परिसूचक घटेको छ ।
त्यस्तै लघुवित्तको ०.०७ प्रतिशत, जीवन बीमा समूहको ०.३२ प्रतिशत, म्युचुअल फण्डको ०.१२ प्रतिशत र लगानी समूहको ०.५१ प्रतिशत परिसूचक घटेको छ ।
प्रतिक्रिया