१६ कम्पनीको शेयरमुल्यमा उछाल ,कुनको कति प्रतिशतले वृद्धि ?

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) आज १६ कम्पनीको शेयरमुल्यमा उछाल आएको छ । 

रैराङ हाइड्रोपावर र रिदी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, महिला लघुवित्त, विशाल बजार कम्पनी, लिवर्टी इनर्जी, राधी विद्युत् कम्पनी, सिंगटी हाइड्रो, जोशी हाइड्रोपावर र युनियन हाइड्रोपावर, छयादी हाइडोपावर,समाता लघुवित्त,बरुण हाइडोपावर,खानी खोला हाइडोपावर,घ्लाम्दी हाइडोपावर,आखु खोला जलविद्युत र ङादी ग्रूप पावर शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 


बिशाल बजार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७ हजार ४६२, महिला लघुवित्त वित्तीय संस्थाको रू.४ हजार ५७३,सिंगटी हाइड्रोको रू. ५२९,लिवर्टी इनर्जीको रू. ३६६,राधी विद्युत् कम्पनीको रू. ६३३ र युनियन हाइड्रोपावरको रू. १६७ पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया