लुम्बिनी प्रदेशका अर्का एमाले सांसदद्वारा राजीनामा

४ बर्ष अगाडि

नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. २ ख बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिएका छन् ।
डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तीलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

डाँगीले राजीनामा दिएको लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले पुष्टि गरे । ‘माननीय डाँगीले भर्खरै सभामुखज्यूलाई भेटेर राजीनामा दिनुभएको छ । सभामुखले सचिवालयमा पठाउनुभएको छ’, मगरले भने ।

मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया