काठमाडौं, कारोबारको चौथो दिन ८ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
रैराङ हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, महिला लघुवित्त, विशाल बजार कम्पनी, लिवर्टी इनर्जी, राधी विद्युत् कम्पनी, सिंगटी हाइड्रो, जोशी हाइड्रोपावर र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
रैराङ हाइड्रोको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएर शेयर मूल्य प्रतिकित्ता रू. ४०७ पुगेको छ ।
यस्तै, बिशाल बजार कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत, महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.९८ प्रतिशत,लिबर्टी इनर्जी कम्पनीको ९.९१ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी सिगंटी हाइड्रोको ९.९८ प्रतिशत,राधी विद्युत् कम्पनीको ९.७१ प्रतिशत र युनियन हाइड्रोपावरको शेयर मूल्य ९.१५ प्रतिशतले वृद्धि भएको छ ।
बिशाल बजार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७ हजार ४६२, महिला लघुवित्त वित्तीय संस्थाको रू.४ हजार ५७३,सिंगटी हाइड्रोको रू. ५२९,लिवर्टी इनर्जीको रू. ३६६,राधी विद्युत् कम्पनीको रू. ६३३ र युनियन हाइड्रोपावरको रू. १६७ पुगेको छ ।
प्रतिक्रिया