काठमाडौं, कारोबारको चौथो दिन (बुधवार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ४.२० अंकले बढेर २६५८.८९ विन्दुमा पुगेको छ ।
तीन घण्टाको अवधीमा कारोबारमा आएका २१७ ओटा कम्पनीको ४ अर्ब ३२ करोड ६७ लाख ७४ हजार रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । महिला लघुवित्त, विशाल बजार कम्पनी, सिंगटी हाइड्रो, छ्याङ्दी हाइड्रोपावर, समता लघुवित्त, लिवर्टी इनर्जी, राधी विद्युत् कम्पनी, युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, कालिका पावर कम्पनी र घलेम्दी हाइड्रोको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
कारोबारमा आएका १३ उपसमुहमध्ये ५ उपसमुह बढेका छन भने बाँकी ८ उपसमुह घटेका हुन ।
प्रतिक्रिया